Kathmandu Press

माथिल्लो तामाकोशीबाट व्यावसायिक उत्पादन सुरु

काठमाडौं, भदौ २१ : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ।आयोजनाले आइतबारबाट व्यावसायिक उत्पादन सुरु गरेको माथिल्लो तामाकोशी...
माथिल्लो तामाकोशीबाट व्यावसायिक उत्पादन सुरु
Hardik ivfHardik ivf

काठमाडौं, भदौ २१ : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ।

आयोजनाले आइतबारबाट व्यावसायिक उत्पादन सुरु गरेको माथिल्लो तामाकोशी जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ। कुल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण रुपमा सञ्चालनमा आएको हो।

प्राकृतिक विपद्, सीमा नाकामा भारतले गरेको अवरोध, गोरखा भूकम्प, कोरोना कहरलगायत समस्याले आयोजना ढिलाइ भएको थियो। स्वदेशी लगानीमा निर्माण भएको आयोजनाले सफलताका साथ व्यावसायिक उत्पादन थालेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए।

यो आयोजनाको असार २१ गते उद्घाटन गरिएको थियो। त्यसयता परीक्षण भइरहेको थियो।

आयोजनावटा उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखेमा नवनिर्मित २२०-१३२ केभी क्षमताको न्यून खिम्ती सवस्टेशनमा जोडिएको छ। यो सवस्टेशन हुँदै बिजुली ढलकेवरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सवस्टेशनमा जोडिएको छ।

 

प्रकाशित मिति: ०७:१८ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्