Kathmandu Press

जर्जिन्हो बने युरोपका सर्वोत्कृष्ट खेलाडी, टुचेल उत्कृष्ट प्रशिक्षक

काठमाडाैं, भदाै ११ : इंग्लिस क्लब चेल्सीका इटालियन मडिफिल्डर जोर्जिन्हो युरोपको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। यो सिजन चेल्सीबाट च्याम्पियन्स लिग र सुपरकप तथा...
जर्जिन्हो बने युरोपका सर्वोत्कृष्ट खेलाडी, टुचेल उत्कृष्ट प्रशिक्षक
Hardik ivfHardik ivf

काठमाडाैं, भदाै ११ : इंग्लिस क्लब चेल्सीका इटालियन मडिफिल्डर जोर्जिन्हो युरोपको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। यो सिजन चेल्सीबाट च्याम्पियन्स लिग र सुपरकप तथा इटालीबाट युरोकप उपाधि जितेका जर्जिन्हो युरोपको सर्वोत्कृष्ट खेलाडी बन्दै युइएफए प्लेयर आफ द इयरको अवार्ड जिते।

जोर्जिन्हो आफ्नै क्लबका फ्रेन्च मिडफिल्डर एन्गोलो कान्टे र म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रुनलाई पछि पार्दै युरोपको उत्कृष्ट खेलाडी बनेका हुन्।

पोर्चुगलको पोर्टोमा भएको च्याम्पियन्स लिग फाइनलमा जोर्जिन्होसँगै चेल्सीको मिडफिल्डमा खटेका कान्टेले म्यान अफ म्याच प्रदर्शन गर्दा डे ब्रुनको म्यानचेस्टर सिटी पराजित भएपछि लण्डन क्लब युरोपको च्याम्पियन बनेको थियो।

त्यसको दुई महिनापछि लण्डनमा भएको फाइनलमा घरेलु टिम इंग्ल्यान्डलाई पराजित गर्दै इटाली च्याम्पियन बनेको थियो। युरोकपमा जोर्जिन्होले इटालीका हरेक खेल खेलेका थिए।

यसैगरी, बार्सिलोनाकी एलेक्सिया प्युटेलासले सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन्। गत सिजन उनले बार्सालाई स्पेनिस लिग, स्पेनिस कप र महिला च्याम्पियन्स लिग जिताउँदै ट्रेबल पूरा गर्न निर्णायक प्रदर्शन गरेकी थिइन्।

यस्तै, युइएफए कोच अफ द इयर (पुरूष टिम)को अवार्ड चेल्सीका थोमस टुचेलले जिते भने महिला टिमतर्फको कोच अफ द इयर बार्सिलोनाकी लुइस कोर्टेस भइन्।

यसैगरी च्याम्पिन्स लिगको उत्कृष्ट स्ट्राइकर बोरुसिया डर्टमन्डका एर्लिङ हालान्ड भए भने उत्कृष्ट मिडफिल्डर चेल्सीका एन्गोलो कान्टे भए । यस्तै, उत्कृष्ट डिफेन्डरको अवार्ड म्यान्चेस्टर सिटीका रुवेन डियास बने भने उत्कृष्ट गोलकिपर चेल्सीका इडवार्ड मेन्डी बने।

प्रकाशित मिति: १०:२५ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्