Kathmandu Press

उसेन बोल्ट बने टि–२० विश्वकपको एम्बासडर

विश्वकपको एम्बासडर बनेपछि ३७ वर्षीय धावक बोल्टले आफू एकदमै उत्साहित भएको बताएका छन्। विश्वकपलाई सफल बनाउने आफूले सक्दो सहयोग गर्न तत्पर रहने बताएका छन्।
उसेन बोल्ट बने टि–२० विश्वकपको एम्बासडर

काठमाडाैं, वैशाख १३ : कीर्तिमानी जमैकन धावक उसने बोल्ट अमेरिका र वेस्टइन्डिजमा संयुक्तरुपमा आयोजना हुने टि–२० विश्वकपको एम्बासडर बनेका छन्। आईसिसीले ओलम्पिकका ८ स्वर्ण विजेता बोल्टलाई एम्बासडर घोषणा गरेको हो।

विश्वकपको एम्बासडर बनेपछि ३७ वर्षीय धावक बोल्टले आफू एकदमै उत्साहित भएको बताएका छन्। विश्वकपलाई सफल बनाउने आफूले सक्दो सहयोग गर्न तत्पर रहने बताएका छन्।

Hardik ivf

‘टि–२० विश्व कपको एम्बासडर बन्न पाउँदा एकदमै उत्साहित छु। क्रिकेट जीवनको एक हिस्सा हो, त्यसैले मेरो हृदयमा धेरै विशेष स्थान राख्दछ,’ बोल्टले भनेका छन्, ‘विश्वभर क्रिकेट विकासमा योगदान गर्न उत्सुक छु। म वेस्टइन्डिजका खेलमा उपस्थित हुन् र विश्वकप क्रिकेटलाई सफल बनाउन लागि सहयोग गर्न तत्पर छु।’

टि–२० विश्वकपमा जुन १ देखि २९ सम्मा अमेरिका र वेस्टन्डिजमा आयोजना हुँदैछ। यही संस्करणबाट टि–२० विश्वकपमा २० टिम सहभागी हुँदैछन्।

प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, वैशाख १३, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्