एन्फाको आयोजनामा वैशाख २२ देखि एन्फा अन्तर कलेज फुटसल
एन्फाले बिहीबार ललितपुरमा पत्रकार स्म्मेलन गर्दै वैशाख २२ देखि जेठ ५ गतेसम्म लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको हलमा अन्तर कलेज फुटसल च्याम्पियनसिप हुने जानकारी गराएको हो।काठमाडाैं, वैशाख १३ : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख २२ गतेदेखि ललितपुरमा एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिप आयोजना हुने भएको छ।
एन्फाले बिहीबार ललितपुरमा पत्रकार स्म्मेलन गर्दै वैशाख २२ देखि जेठ ५ गतेसम्म लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको हलमा अन्तर कलेज फुटसल च्याम्पियनसिप हुने जानकारी गराएको हो।
प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछन् भने उपविजेताले ३ लाख तथा मोस्ट भ्यालुएबल प्लेअरलाई रु ५० हजार प्रदान गरिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।
त्यस्तै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार प्राप्त गर्ने उनले बताए। प्रतियोगीताका लागि कुल १६ वटा कलेजले सहभागीता जनाउन टिम दर्ता गराएको भन्दै प्रवक्ता शाहले लिग कम नकआउट आधारमा खेलहरु खेलाइने बताए।
प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफवाह फैलाउने १० युट्युब च्यानल परे कारबाहीमासोमबार, मंसिर १०, २०८१
कोशीका सांसद लिलाबल्लभ अधिकारी हिरासतमुक्तसोमबार, मंसिर १०, २०८१
एक वर्षदेखि रिक्त धितोपत्र बोर्डले पायो नेतृत्व, सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्तसोमबार, मंसिर १०, २०८१
प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजातिसोमबार, मंसिर १०, २०८१