Kathmandu Press

मेलम्चीमा बाढीको कहर (फोटो फिचर)

बाढीको जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सर्न नगरपालिकाले स्थानीय बासिन्दालाई आग्रह गरेको छ । करिब एक सय १० परिवार जोखिम क्षेत्रमा बसिरहेका छन् ।
मेलम्चीमा बाढीको कहर (फोटो फिचर)

मेलम्ची, साउन २० : १ असार र १६ साउनमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार तहसनहस बनाएको छ ।

मेलम्ची नगरपालिकाका अनुसार बाढीबाट ३० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ । नगरपालिकाको मात्र एक अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस क्षेत्रमा एक हजार पाँच सय रोपनी जग्गामा क्षति पुगेको छ । बजार क्षेत्र र आसपासमा बसोबास गरिरहेका दुई सय १५ परिवार विस्थापित भएका छन् ।

अहिले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी बाढी नियन्त्रण, उद्धार र राहतमा जुटेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुगेको क्षतिका कारण काठमाडौं उपत्यकामा पानी आपूर्ति अनिश्चित बनेको छ ।

बाढीको जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सर्न नगरपालिकाले स्थानीय बासिन्दालाई आग्रह गरेको छ । करिब एक सय १० परिवार जोखिम क्षेत्रमा बसिरहेका छन् । बाढीका कारण पुलपुलेसा तथा बाटाघाटामा व्यापक क्षति पुगेको छ ।

हालसम्म बाढीका कारण हेलम्बुमा २४ र पाँचपोखरीमा एक गरी कुल २५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रकाशित मिति: १८:३६ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्