Kathmandu Press

बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु 

सुनसरी, साउन २० : धरान उपमहानगरपालिका-८ तिनकुने जंगलस्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा परी प्रदेश १–०२–०४०प ६४०५ नम्बरको मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–१७ पकली बस्ने...
बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु 

सुनसरी, साउन २० : धरान उपमहानगरपालिका-८ तिनकुने जंगलस्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा परी प्रदेश १–०२–०४०प ६४०५ नम्बरको मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–१७ पकली बस्ने ४० वर्षीया मीरा देवी साहको बुधबार बिहान मृत्यु भएको छ। 

धरानबाट ईटहरीतर्फ जाँदै गरेको को१त ९१४३ नम्बरको ट्याक्टरलाई को१ख ५४३० नम्बरको बसले ठक्कर दिएको र विपरीत दिशाबाट आउँदै गरेको उक्त मोटरसाइकल बसमा ठोक्किएर दुर्घटना भएको थियो।

Hardik ivf

दुर्घटनामा गम्भीर घाइते भएकी उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उनकै छोरा २५ वर्षीय बिमल साहको सोही अस्पतालमा उपचार भइरहेको छ। 

बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यल अनुसन्धान गरिरहेको जनाइएको छ। 


 

प्रकाशित मिति: १७:४० बजे, बुधबार, साउन २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्