काठमाडौं उपत्यकामा एकै दिन काेराेना संक्रमण हुनेको संख्या हजार नाघ्यो
काठमाडौं, साउन २० : पछिल्ला केही दिनयता उपत्यकामा दैनिक हजारभन्दा कम संक्रमित बढ्दै आए पनि बुधबार भने बढेको छ।पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा...
काठमाडौं, साउन २० : पछिल्ला केही दिनयता उपत्यकामा दैनिक हजारभन्दा कम संक्रमित बढ्दै आए पनि बुधबार भने बढेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये सबैभन्दा बढी संक्रमित काठमाडौंमा ९ सय ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यसैगरी ललितपुरमा १ सय ६५ र भक्तपुरमा २ सय ६ जना रहेका छन्।
मंगलबार उपत्यकामा ९ सय ४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो।
सबैभन्दा बढी काठमाडौंमा ६ सय १३ त्यसपछि ललितपुरमा १ सय ७७ र भक्तपुरमा १ सय १४ र जना संक्रमित थपिएका थिए।
प्रकाशित मिति: १६:५३ बजे, बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

