Kathmandu Press

डुबेर दुईजनाको मृत्यु

काठमाडौं, साउन २० : बाग्लुङ र झापामा डुबेर एकएकजनाको मृत्यु भएकाे छ।बाग्लुङको काठेखोला गाउँपालिका-७ रेशा बस्ने २० वर्षीया मनकुमारी कार्कीको सोही ठाउँस्थित ढाँवा खोलामा...
डुबेर दुईजनाको मृत्यु
Hardik ivfHardik ivf

काठमाडौं, साउन २० : बाग्लुङ र झापामा डुबेर एकएकजनाको मृत्यु भएकाे छ।

बाग्लुङको काठेखोला गाउँपालिका-७ रेशा बस्ने २० वर्षीया मनकुमारी कार्कीको सोही ठाउँस्थित ढाँवा खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै घरदेखि करिब २ सय मिटर तल खेतमा आफ्नै बहिनी १५ वर्षीया शिवानी कार्कीसँग घाँस काटी फर्कने क्रममा उक्त खोलामा पोडौ खेल्ने क्रममा डुबेर मनकुमारीको मृत्यु भएको हो। 

झापाको गौरादह नगरपालिका-८ बुढेसिम्बल बस्ने जागेश्वर सरबरियाकी २ वर्षीया छोरी रक्षा सरबरियाको सोही ठाउँस्थित गेउरिया खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १४:०४ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्