Kathmandu Press

दार्चुला घटनामा भारतले सार्वजनिक रूपमा क्षमा माग्नुपर्छ : नारायणकाजी

काठमाडौं, साउन २० : माओवादी केन्द्रका प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुलामा तुइन काटिँदा नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएको घटनाबारे भारतले...
दार्चुला घटनामा भारतले सार्वजनिक रूपमा क्षमा माग्नुपर्छ : नारायणकाजी

काठमाडौं, साउन २० : माओवादी केन्द्रका प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुलामा तुइन काटिँदा नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएको घटनाबारे भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन्।

बुधबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले यथाशीघ्र छानबिन प्रतिवेदन ल्याएर भारतसमक्ष आपत्ति प्रकट गर्न उनले सरकारको ध्यानाकर्षण पनि गराए।

Hardik ivf

‘महाकालीमा तुइन तर्दै गर्दा दर्चुलाका जयसिंह धामी भारतीय सीमा सुरक्षा बलले तार काटिदिएर अहिलेसम्म बेपत्ता छन्। उनको परिवारले साल, पलास केही नभेटेपछि मृत्यु भएको भन्दै कुसको शव बनाएर दाहासंस्कार गरेको दुःखद अवस्था छ,’ उनले भने, ‘म यो घोर मानवीय घटनाको भर्त्सना गर्दछु र भारत सरकारलाई यसका विषयमा क्षमायाचना गरी दोषीउपर कडा कारबाहीको माग गर्दछु।’

उनले परिपक्व कूटनीतिक पहल गरी पीडित परिवारलाई राहत र क्षतिपूर्तिका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १३:५८ बजे, बुधबार, साउन २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्