Kathmandu Press

फेरि माओवादी केन्द्रमै फर्किइन् विमला वली

बुटवल, साउन २० : सोमबार मात्रै विज्ञप्ति नै निकालेर एमालेमा खेलेकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली आफू माओवादी केन्द्रमै फर्किएको बताएकी छन्...
फेरि माओवादी केन्द्रमै फर्किइन् विमला वली

बुटवल, साउन २० : सोमबार मात्रै विज्ञप्ति नै निकालेर एमालेमा खेलेकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली आफू माओवादी केन्द्रमै फर्किएको बताएकी छन् ।

एमालेमा खुलेको भनी उद्घोष गर्नुअघि उनी केही दिनेदेखि पार्टी सम्पर्कभन्दा बाहिर थिइन्।

बुधबार बिहान प्रदेशसभा सचिवालयस्थित माओवादी संसदीय दलको कार्यालयमा उनी स्वयं उपस्थित भएको बुझिएको छ।

Hardik ivf

विमलाले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा आफूलाई बन्धक बनाएर राखेको जानकारी दिएको र निकै तनावमा देखिएको स्रोतको भनाइ छ।

स्रोतका अनुसार आफू एमालेमै रहेको भनी जबर्जस्ती नक्कली विज्ञप्ति निकाल्न लगाइएको दाबी वलीको छ।

विमलाले बुधबार नै पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजनिक गर्ने माओवादी संसदीय दलले बताएको छ।

माओवादी केन्द्रसँग नजिक रहँदै आएकी उनी केही समययता सम्पर्कविहीन बनेकी थिइन्।

एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेकपा अस्तित्वमै रहँदा सोही पार्टीबाट उनले चुनाव जितेकी थिइन्। पति उत्तरकुमार वलीको मृत्यु भएपछि तत्कालीन नेकपाबाट उपचुनाव लडेर उनी प्रदेशसभा सदस्य भएकी थिइन्।

लुम्बिनीमा सत्ता टिक्छ कि ढल्छ भनेर चौतर्फी चासो बढिरहेको छ। 

विमला माओवादी केन्द्रमा फर्केपछि विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पुगेको छ। लुम्बिनी प्रदेशसभा हाल ८० सदस्यीय छ। जसमध्ये सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा सभामुखसहित ४२ मत छ।

चार दलीय गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ। अल्पमतमा परेका मुख्यमन्त्री पोखरेल अरू दलका सांसद तानेर भए पनि बहुमत पु¥याई सरकारले टिकाउने खेलमा लागेका छन्।

प्रकाशित मिति: १३:४७ बजे, बुधबार, साउन २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्