Kathmandu Press

करेन्ट लागेर भक्तपुरमा एककाे मृत्यु 

भक्तपुर, साउन २० : सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित अरनिको निर्माण सामाग्री डिपोमा बा५ख ७८४१ नम्बरको टिपरबाट गिटी झार्ने क्रममा करेन्ट लागेर सहचालक महोत्तरी बर्दिबास...
करेन्ट लागेर भक्तपुरमा एककाे मृत्यु 

भक्तपुर, साउन २० : सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित अरनिको निर्माण सामाग्री डिपोमा बा५ख ७८४१ नम्बरको टिपरबाट गिटी झार्ने क्रममा करेन्ट लागेर सहचालक महोत्तरी बर्दिबास बस्ने २२ वर्षीय बिशाल तामाङको मंगलबार राति मृत्यु भएको छ। 

उक्त डिपोमा टिपरको बुम उठाई ढाला खोल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि मध्यपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १३:२२ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्