Kathmandu Press

तीन हजार भुटानी शरणार्थीलाई कोभिड खोप

झापा, साउन २० : झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दैआएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। स्थानीय...
तीन हजार भुटानी शरणार्थीलाई कोभिड खोप

झापा, साउन २० : झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दैआएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। स्थानीय स्वास्थ्य शाखामार्फत दुई शिविरका १८ वर्ष माथिका करीब तीन हजार शरणार्थीलाई जोन्सन खोप दिइएको हो। 

नेपाल सरकार र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (यूएनएचसिआर) को समन्वय तथा त्यहाँका शरणार्थी व्यवस्थापन समितिको व्यवस्थापनमा एकैसाथ खोप लगाइएको शनिश्चरेस्थित शिविर व्यवस्थापन समितिका सचिव चम्पासिंह राईले जानकारी दिए। 

Hardik ivf

उनका अनुसार पथरी शिविरमा कूल एक हजार ५०० भुटानी शरणार्थीमध्ये ८५६ र दमकको बेलडाँगीस्थित शिविरका दुई हजार ३०७ शरणार्थीलाई खोप लगाइएको हो। खोपकार्यको अनुगमनमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, दातृ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

चार महिनाअघि निकालिएको तथ्याङ्कअनुसार झापा र मोरङमा कूल छ  हजार ५०० भुटानी शरणार्थी बसोबास गरिरहेका बेलडाँगी शिविर व्यवस्थान समितिका सहसचिव टिबी राईले बताए। 

महामारी नियन्त्रणमा ४१ लाख सहयोग जुट्यो

दमक उद्योग वाणिज्य संघले सञ्चालन गरेको कोरोना महामारी नियन्त्रण अभियानअन्तर्गत करीब ४१ लाख ७५ हजार रुपैयाँ सहयोग जुटाएको छ। संघको अगुवाइमा सञ्चालन गरिएको महामारी नियन्त्रण अभियानले अत्याधुनिक भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य उपकरण खरीदका लागि सो सहयोग जुटाइएको अध्यक्ष गोकुल श्रेष्ठले बताए। 

संघले आज पत्रकार सम्मेलन गरी निजी क्षेत्रका संघ संस्था र व्यक्तिको सहकार्यमा सहयोग जुटाएर विभिन्न स्वास्थ्य उपकरण खरीद गरी ल्याइसकिएको उनले बताए। सहयोग जुटाउन संघका पूर्व अध्यक्ष प्रकाश प्रसाइँको संयोजकत्वमा कोरोना महामारी नियन्त्रण अभियान गठन गरिएको थियो। अभियानका संयोजक प्रसाइँले दमकमा कोरोनाको महामारी नियन्त्रणका लागि निजी क्षेत्रका तर्फबाट  सहयोग पुगोस् भनेर विभिन्न व्यक्ति तथा संस्था, लायन्स क्लबसँगको सहकार्यमा सहयोग प्राप्त भएको थियो।

प्रकाशित मिति: १३:०७ बजे, बुधबार, साउन २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्