कुलिङ पिरियड विवाद छानविनमा समितिका सदस्यहरुविच सहमति जुटेन
समितिका पदाधिकारीविच सहमतिमा पुगे मात्र बेलुकासम्म सभामुखलाई बुझाउने मानसिकतामा समिति छ।
काठमाडौं, साउन १९ : संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियड गडवडीबारे छानबिन गर्न गठित विशेष समितिका सदस्यहरुबिच एक मत हुन नसक्दा आज प्रतिनिधिसभामा प्रतिवेदन पेस नहुने भएको छ।
छानविन सकेर सोमबारको बैठकमा बैठकमा प्रतिवेदन पेस हुने भनएको थियो। प्रतिवेदन पेश गर्ने कार्यसूची समेत तयार भइसकेको छ। समितिका पदाधिकारीविच सहमतिमा पुगे मात्र बेलुकासम्म सभामुखलाई बुझाउने मानसिकतामा समिति छ।
कुलिङ पिरियडसम्वन्धी प्रावधान राख्नका लागि दलहरुविच भएको सहमति निष्क्रिय पार्न कोकस्लाई जिम्मेबार बनाउने भनेर छानविन समिति सदस्यहरूविच एकमत हुन नसकेपछि प्रतिवेदन बुझाउने कार्य लम्बिएको जनाइएको छ।
प्रतिपक्षी दल माओवादी केन्द्रसहितका सदस्यले राजनीतिक नेतृत्वलाई समेच कारबाही सिफारिस गर्नुपर्ने अडान राखेका छन्। सत्तापक्षले भने कर्मचारीले गरेको काममा राजनतिक व्यक्तित्वले विश्वास गरेकाले जिम्मेवार बनाउन नहुने अडान लिइरहेका छन्।
अहिले समितिका सदस्यहरू छलफलमा छन्। प्रतिवेदनमा एक मत हुन नसके प्रतिपक्षी दलका सदस्यहरुले ‘नोट अफ डिसेन्ट’ संभावना समेत रहेको छ।












-ink-1744291933.jpeg)