Kathmandu Press

‘फुर्के धागो २’ मा छमछमी नाचे मोडल डिसी र अधिकारी (भिडियोसहित) 

काठमाडौं, साउन १९ : सर्वाधिक चर्चाका रहेको तीज गीत फुर्के धागो को सिक्वेलमा मोडलद्धय नयन डिसी र अञ्जली अधिकारी छमछमी नाचेका छन् ।गत...
‘फुर्के धागो २’ मा छमछमी नाचे मोडल डिसी र अधिकारी (भिडियोसहित) 
Hardik ivfHardik ivf

काठमाडौं, साउन १९ : सर्वाधिक चर्चाका रहेको तीज गीत फुर्के धागो को सिक्वेलमा मोडलद्धय नयन डिसी र अञ्जली अधिकारी छमछमी नाचेका छन् ।

गत बर्षको तीज गीत फुर्के धागो बोलको गीत सर्वाधिक लोकप्रिय बनेपछि यस बर्षको तीजलाई लक्षित गरेर ‘फुर्के धागो २’ बोलको गीत सार्बजनिक गरिएको हो । गीतमा फुर्के धागोबाट चर्चामा रहेका मोडल डिसी र पछिल्लो समय मोडलिङ  क्षेत्रमा स्थापित मोडल अधिकारीले छमछमी नाचेका छन् ।

यो गीतलाई  ‘जननी नेपाल’ नामक युटुब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । प्रभा बर्तौलाको शब्दमा रहेको गीतमा गायक तथा संगीतकार थानेश्वर गौतम र शोभा गौतमको स्वर रहेको छ। उक्त गीतमा संगीत पनि गायक गौतमले नै भरेका छन् । फुर्के धागो हिट भएपछि हौसिएका गौतमले ‘फुर्के धागो २’ बजारमा ल्याएका हुन् ।

 ‘फुर्के धागो २’ बोलको गीत र भिडियोले सम्पूर्ण दर्शक स्रोताको मन जित्ने निर्माण टिमको दाबी छ । यसअघि फुर्के धागो बोलको गीतले युटुबमा ३८ लाख ओभर भ्युज पाएको छ टिकटकमा समेत उत्तिकै भाइरल बनेको थियो । 

प्रकाशित मिति: १८:५० बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्