Kathmandu Press

पेस्तोल र गोलीसहित दुई जना पक्राउ

पेस्तोल र गोलीसहित दुई जना पक्राउ
Hardik ivfHardik ivf

दाङ, साउन १९ : दाङको गढवा गाउँपालिका १ जुरैनीबाट पेस्तोल र गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

प्रहरीले सोमबार साँझ नाइन एमएम चाईनिज जस्तो दखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन  र २ थान गोलीसहित २ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा भारत सिद्धार्थनगर पञ्चायत बढनी ३ घर भएका २२ वर्षीय परमुल्ला अमिर र बढनी ८ का १९ वर्षीय राजा खान रहेका छन्। 

पैदल हिँडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १२:४६ बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्