Kathmandu Press

किरण केसीलाई  ‘वासुदेव लुइँटेल पुरस्कार’ बाट सम्मान गरिने

किरण केसीलाई  ‘वासुदेव लुइँटेल पुरस्कार’ बाट सम्मान गरिने
Hardik ivfHardik ivf

काठमाडौं, साउन १७ : चर्चित हास्य कलाकार किरण केसीलाई  ‘वासुदेव लुइँटेल पुरस्कार’ बाट सम्मान गरिने भएको छ।

‘ए राता मकै’ भनेर पनि चिनिने उनलाई वासुदेव–विद्यादेव लुइँटेल गुठीले यस वर्षको नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशि रहेको सो पुरस्कारबाट सम्मन गर्न लागेको हो।

कलाकार केसीलाई गुठीले प्रतीक चिह्न र कदरपत्रसहित सम्मान गर्ने निर्णय गरेको हो। गुठीले वासुदेव लुइँटेलको जन्मदिनका अवसरमा कार्यक्रम आयोजना गरेर उक्त पुरस्कार प्रदान गर्ने जनाएइको छ ।

गुठीले हांस्यव्यंग्य, साहित्य, कला एवं अभिनयको क्षेत्रमा कार्यरत सिर्जनशील प्रतिभामध्येबाट एकजनालाई सो पुरस्कार प्रदान गर्दै आएको छ।
 

प्रकाशित मिति: १५:२३ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्