बुद्धले सुरू गर्यो नेपालगन्ज-पोखरा उडान
नेपालगन्ज, साउन १७ : बुद्ध एयरले आज (आइतबार) बाट नेपालगन्ज-पोखरा उडान सुरु गरेको छ।आज बिहान १० बजे नेपालगन्जदेखि पोखराका लागि बुद्ध एयरले उडान...
नेपालगन्ज, साउन १७ : बुद्ध एयरले आज (आइतबार) बाट नेपालगन्ज-पोखरा उडान सुरु गरेको छ।
आज बिहान १० बजे नेपालगन्जदेखि पोखराका लागि बुद्ध एयरले उडान थालेको हो।
अबदेखि साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार नेपालगन्ज-पोखरा-नेपालगन्ज उडान गर्ने बुद्ध एयरले जनाएको छ।
बुद्धको १८ सिटे जहाजमा आज नेपालगन्देखि पोखराका लागि १७ यात्रुुले उडान भरेका थिए।
प्रकाशित मिति: १३:२७ बजे, आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार