तोलामा पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौं, साउन १७ : सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार चार सय रुपैयाँ कायम भएको हो ।
यस्तै, आज तेजावी चाँदीको प्रतितोला मूल्य पनि ९२ हजार ४ सय रुपैयाँबाट घटेर ९१ हजार ९ सय रुपैयाँ कारोबार भएको छ।
आइतबार चाँदीको मूल्य स्थिर छ। शुक्रबार एक हजार दुई सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेको छैन।
प्रकाशित मिति: १२:२४ बजे, आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार