Kathmandu Press

सुनचाँदी दुवैको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो।
सुनचाँदी दुवैको मूल्य बढ्यो

काठमाडौं, असोज ५ : साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो।

शुक्रबार २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको  २ लाख १७ हजार एक सयमा कारोबार भइरहेको छ। 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ। शुक्रबार तोलाको २५ सय ८० रूपैयाँमा किनबेच भएको चाँदी आज २६ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रकाशित मिति: ११:१० बजे, आइतबार, असोज ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्