Kathmandu Press

भारतीयलाई सीमाक्षेत्रमै क्यासिनो खेलाउन नियमावली संशोधन

काठमाडौं, असार २४ : भारतीय पर्यटकलाई क्यासिनोमा सहज पहुँचका लागि सिमानासम्मै क्यासिनो सञ्चालनको अनुमति पाइने भएको छ।

व्यवसायीहरूले सीमा क्षे....

भारतीयलाई सीमाक्षेत्रमै क्यासिनो खेलाउन नियमावली संशोधन

काठमाडौं, असार २४ : भारतीय पर्यटकलाई क्यासिनोमा सहज पहुँचका लागि सिमानासम्मै क्यासिनो सञ्चालनको अनुमति पाइने भएको छ।

व्यवसायीहरूले सीमा क्षेत्रमा होटल क्यासिनो व्यवसाय विस्तारका लागि क्यासिनो निमायमाली संशोधन गर्न माग गर्दै आएका थिए।

Hardik ivf

सरकारले सीमा क्षेत्रमा सञ्चालनको दूरी घटाउँदै क्यासिनो नियमावली २०७० लाई चौथो पटक संशोधन गरेसंगै सिमा नजिकै क्यासिनो संचालन गर्ने बाटो खुलेको हो। संशोधित नियमावलीमा सीमा क्षेत्रबाट क्यासिनो सञ्चालनको दूरी घटाइएको छ। क्यासिनो सञ्चालनको अनुमति दस्तुर भने बढाइएको छ।

सरकारले नियमावली संशोधन गर्दै विगतमा पाँच किलोममिटर रहेको सिमा क्षेत्रको दूरीलाई कम गर्दै तीन किलोमिटरभित्रै क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ। सिमा क्षेत्रमा भारतीय पर्यटकहरू बिशेषगरी क्यासिनो खेल्नका लागि मात्रै आउने भएकोले पनि नियमावली संशोधन गरेर केही सहज बनाइएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए।

सरकारले क्यासिनो दर्ताको संचालन अनुमति लिनको लागि दिइने निवेदन दस्तुर रकम पाँच लाख रुपैयाँबाट बढाएर १० लाख पुर्‍याएको छ।  इजाजतपत्रको दस्तुरसमेत बढाएर दुई करोड रुपैयाँबाट दुई करोड ५० लाख पुर्‍याइएको छ। व्यवसायीहरुले सिमाको दुरी कम गर्नुपर्ने माग गर्दै आएका थिए।

नेपालमा रहेका क्यासिनो सञ्चालन गर्न इजाजत व्यक्ति वा संस्थाले क्यासिनो सञ्चालन गरेवापत वार्षिक चार करोड रुपैयाँ र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट खेलाइने खेलको लागि वार्षिक एक करोड रुपैयाँ रोयल्टी तालुकदार मन्त्रालयलाई तिर्नुपर्ने व्यवस्था छ।

सरकारले २०७० साउनमा क्यासिनो नियमावली जारी गरेको थियो। उक्त नियमावलीको यो चौथो संसोधन भएको घिमिरेले जानकारी दिए।

प्रकाशित मिति: १३:२१ बजे, मंगलबार, असार २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्