Kathmandu Press

गण्डकीमा थप ६२५ जनामा कोरोना संक्रमण

गण्डकीमा थप ६२५ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन १३ : गण्डकी प्रदेशमा थप ६२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३०७ जनाको नमुना परीक्षण गरिएकामा ६२५ जनामा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये २९० महिला र ३३५ जना पुरुष रहेका छन् । जसअनुसार कास्की २५५, बागलुङ ६३, स्याङ्जा ५०, म्यादी ३२, पर्वत २१, गोरखा ४७, लमजुङ २०, तनहुँमा ६० र नवलपुरमा ७७ जनामा संक्रमण देखिएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६६ हजार २८९ पुगेको छ । यस्तै, प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४ जना पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३७० पुगेको छ ।   त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ३ हजार ८

प्रकाशित मिति: १८:४६ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्