Kathmandu Press

डोल्पामा टाइफाइडको प्रकोप, कयाैं बिरामी

डोल्पा, असार २३ : हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन्। प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्....

डोल्पामा टाइफाइडको प्रकोप, कयाैं बिरामी
Hardik ivfHardik ivf

डोल्पा, असार २३ : हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन्। प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ।

एक सातायता टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला अस्पतालका शैय्या बिरामीले भरिभराउ भएका छन्। बिरामीको चाप बढ्दै गएका कारण १५ शैय्याको अस्पतालमा २१ सम्म बिरामी राखेर उपचार गराइरहेको जिल्ला अस्पताल डोल्पाका डा सिजन रावलले बताए।

एक महिनामै दुई पटक टाइफाइडको प्रकोप फैलिएपछि सबैका लागि चिन्ताको विषय बनेको छ। ‘अहिलेजस्तै पहिलोपटक प्रकोप फैलिँदा सूचना सन्देश प्रवाह तथा उपचारपछि नियन्त्रणमा आएको थियो, अहिले फेरि उस्तै प्रकोप बढेको छ,’ रावलले भने, ‘यता प्रकोप बढ्दै जाँदा अस्पतालमा औषधिको अभाव हुनथालेको छ, आजभोलि जस्तै दिनप्रतिदिन बिरामी आउन थाले तीन दिनभित्र औषधि सकिन्छ।’

ठुलीभेरी नगरपालिकामा पर्ने वडा नं २ र ३ का सर्वसाधारण धेरै उपचारका लागि आउने गरेको बताउँदै दुषित पानी प्रयोगका कारण दिनप्रतिदिन प्रकोप फैलिँदै गएको डा रावलको भनाइ छ। अस्पतालको क्षमताभन्दा धेरै बिरामी भर्ना गर्नुपरेपछि भुइँमा सुताएरै बिरामीको उपचार गरिरहेको अस्पतालले जनाएको छ।

बिरामीको चापका कारण उपचारमा खटिएका स्वास्थकर्मी नै थला परेका छन्। ‘भाइरल’को रूपमै टाइफाइडको प्रकोप फैलिएपछि अस्पतालकै कर्मचारीसमेत बिरामी पर्न थालेको स्टाफ नर्स तारा बोहोराले बताइन्।

यार्सा ‘सिजन’ सकिएर यार्सा पाटनबाट मानिस फर्किएसँगै टाइफाइडका बिरामी बढेको जिल्ला अस्पतालले बताएको छ। (रासस)
 

प्रकाशित मिति: १०:५९ बजे, सोमबार, असार २३, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्