Kathmandu Press

महिला फुटबलः स्विडेन, बेलायन र क्यानाडा विजयी

काठमाडाैं, साउन ९: टोक्यो ओलम्पिकको महिला फुटबलअन्तर्गत स्विडेन, बेलायन र क्यानाडा विजयी भएका छन्। शनिबार भएको खेलमा स्वीडेनले अस्ट्रेलियालाई ४–२ले हराउँदा, बेलायतले जापनलाई...
महिला फुटबलः स्विडेन, बेलायन र क्यानाडा विजयी

काठमाडाैं, साउन ९: काठमाडाैं, साउन ९: टोक्यो ओलम्पिकको महिला फुटबलअन्तर्गत स्विडेन, बेलायन र क्यानाडा विजयी भएका छन्। शनिबार भएको खेलमा स्विडेनले अस्ट्रेलियालाई ४–२ले हराउँदा, बेलायतले जापनलाई १–० ले र क्यानाडाले चिलीमाथि २–१को जित निकाले।

स्विडेनलाई जित दिलाउन रोल्फो फ्रिडोलिनाले २ गोल गरिन भने हर्टिग लिना र ब्ल्याकटेनिउस स्टिनाले पनि गोल गरे । अस्ट्रेलियाका लागि दुवै गोल केर समले गरिन्।

Hardik ivf

२०औं मिनेटमा रोल्फोले गोल गरेपछि स्विडेनले सुरुआती अग्रता लियो । तर ३६औं मिनेटमा केर समस्टिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । ४८औं मिनेटमा समले नै गोल गरेपछि अस्ट्रेलियाले २–१को अग्रता लियो। तर, ५२औं मिनेटमा हर्टिगले, ६०औं मिनेटमा रोल्फो र ८०औं मिनेटमा स्टिनाले गोल गरेपछि स्विडेन ४–२ले विजयी भयो।

यस्तै, आयोजक जापनविरुद्ध बेलायतलाई जित दिलाउन ह्वाइट एलिनले निर्णायक गोल गरिन् । उनले ७४औं मिनेटमा गोल गरेकी थिइन् । यता, क्यानाडाले चिलीलाई २–१ले हरायो। खेलका क्यानाडाका लागि बेकिइ जनिनले ३९ र ४७औं मिनेटमा गोल गरिन् भने चिलीकी आराया करिनले ५७औं मिनेटमा गोल फर्काइन्।

यसैगरी शनिबार नै भएको खेलमा चीन जाम्बियासँग ४–४ गोलको बराबरीमा रोकिएको छ। चीनका लागि चारै गोल वाङ सुआङले गरिन् भने जाम्बियाकी बान्डा बाब्राले ३ तथा कुन्डान्डी रचेलले १ गोल गरिन्।

प्रकाशित मिति: १९:५५ बजे, शनिबार, साउन ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्