उपत्यकामा थपिए ६१५ कोरोना संक्रमित

काठमाडौं, साउन ९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

यसमध्ये काठमाडौँमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३११४ जनामा संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ । 


 

 Published Date: Saturday, 24th July 2021 4:53:00 pm