Kathmandu Press

प्रधानमन्त्री देउवालाई बधाइसँगै बंगलादेशकी समकक्षी हसिनाले दिइन् भ्रमणको निम्तो

प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ सन्देश पठाउँदै बंगलादेशकी समकक्षी शेख हसिना वाजेदले भ्रमणको निम्तो पनि दिएकी छन्।
प्रधानमन्त्री देउवालाई बधाइसँगै बंगलादेशकी समकक्षी हसिनाले दिइन् भ्रमणको निम्तो

काठमाडौं, साउन ८ : प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ सन्देश पठाउँदै बंगलादेशकी समकक्षी शेख हसिना वाजेदले भ्रमणको निम्तो पनि दिएकी छन् ।

वाजेदले शुक्रबार प्रधानमन्त्री देउवालाई बधाइ सन्देश पठाएकी हुन् । सन्देशमा वाजेदले संसद्मा देउवालाई प्राप्त अत्यधिक मत नेपाली जनता र नेपालको राजनीतिक नेतृत्वले उनीमाथि गरेको विश्वास र भरोसाको प्रमाण भएको उल्लेख गरेकी छन्।

Hardik ivf

निकटको छिमेकीको नाताले बंगलादेश र नेपालबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले सन्देशमा त्यो सम्बन्ध बहुसमानता र एकअर्कालाई जोड्ने साझा सम्पर्कमा आधारित रहेको बताएकी छन् ।

नेपाल र बंगलादेशबीच विविध क्षेत्रमा विद्यमान सहयोगलाई प्रधानमन्त्री देउवाको सक्षम नेतृत्वमा अझ सुदृढ तुल्याउन तथा उपयोग नगरिएका सहयोगका सम्भावित क्षेत्र पहिचान गरी द्विपक्षीय सहयोग एवं सहकार्य घनिभूत हुने विश्वास प्रधानमन्त्री हसिनाले व्यक्त गरेकी छन् ।

यस्तै, ५० वर्षअघि बंगलादेशको स्वतन्त्रता संग्राममा नेपाली कांग्रेसको नेतृत्वले गरेको सहयोग र समर्थनले प्रगाढ तुल्याएको दुई देशबीचको सम्बन्ध भविष्यमा अझ उन्नत हुने विश्वास वाजेदले व्यक्त गरेकी छन् । र, प्रधानमन्त्री देउवालाई उपयुक्त समयमा यथाशक्य चाँडो बंगलादेश भ्रमण गर्न निम्तो दिएकी छन् । रासस

प्रकाशित मिति: २०:१५ बजे, शुक्रबार, साउन ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्