Kathmandu Press

‘५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा सुनिश्चित गर्नुपर्छ’

महिलाहरुलाई सयौं वर्षदेखि घरको चूलो चौकोमा कैद गर्ने समाजले परिपाटीविरुद्ध क्रान्तिमा महिलाहरुले विरता र बलिदानका ऐतिहासिक कृतिमानहरु कायम नगरेको भए आजको अवस्था सम्भव नभएको पनि उनको भनाई छ। 
‘५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा सुनिश्चित गर्नुपर्छ’

काठमाडौं, भदौ १८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा सुनिश्चित गर्नुपर्ने बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै उनले ५१ प्रतिशत महिलाको जनसंख्या जनगणनाबाट निश्चित गरिएको भन्दै सोही प्रतिशतको महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा सुनिश्चित गर्नुपर्ने बताए।

‘समानुपातिक प्रतिनिधित्व प्रणाली सुनिश्चित गर्नै पर्छ। कम्तीमा ५१ प्रतिशत महिलाको जनसंख्या जनगणनाबाट निश्चित गरिएको छ भने त्यो प्रतिशत जबसम्म महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानूनत, संविधानत सुनिश्चित गरिँदैन्,’ उनले भने, ‘महिलाहरुले अधिकार पाए भनेर भन्ने ठाँउमा हामी पुग्न सक्दैनाँै। त्यसकारण पहिलो कुरा हामीले जनसंख्याको अनुपातमा समानुपातिक प्रतिनिधित्वको प्रणाली जसलाई समानुपातिक निर्वाचन प्रणाली मार्फत लागू गर्न सक्छौँ। त्यो गर्न जरुरी छ।’

उनले जनमुक्ति सेनामा झन्डै ५० प्रतिशत महिलाहरु बन्दुक बोकेर लडाईंमा नउत्रिएको भए अहिले महिलाले पाएको अधिकार सम्भव नहुने भन्दै महिलाको योगदानबिना गणतन्त्र पनि सम्भव नभएको बताए। उनले महिलाको त्याग र तपस्याले नै देशमा गणतन्त्र आएको बताए।

महिलाहरुलाई सयौं वर्षदेखि घरको चूलो चौकोमा कैद गर्ने समाजले परिपाटीविरुद्ध क्रान्तिमा महिलाहरुले विरता र बलिदानका ऐतिहासिक कृतिमानहरु कायम नगरेको भए आजको अवस्था सम्भव नभएको पनि उनको भनाई छ। 

अध्यक्ष दाहालले सम्पूर्ण जनताले निर्वाचित गरेको कार्यकारी प्रमुख राष्ट्रपति नभएसम्म यो देशमा भ्रष्टाचार कम नहुने पनि बताए।
 

प्रकाशित मिति: १८:२० बजे, बुधबार, भदौ १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्