कालिकोट अस्पतालमा अक्सिजन प्लान्ट

कालिकोट, साउन ८ : जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान भएको छ । कर्णाली प्रदेश सरकारले छुट्याएको बजेटअनुसार प्लान्ट जडान गरिएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले जानकारी दिए ।

अक्सिजन प्लान्ट जडानपछि अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक महतले अबदेखि अक्सिजनको अभाव नहुने बताए । उनले भने, ‘हामी ग्यास भर्न नेपालगन्ज जानुपथ्र्यो । त्यहाँ पनि धेरै समय कुर्नुपर्थ्यो । अब त्यो समस्या हटेको छ ।’ उक्त प्लान्टबाट उत्पादित अक्सिजन दैलेख, अछाम, मुगु, बाजुरा, कालिकोट, जुम्ला, हुम्लासम्म सप्लाइ गर्न सकिनेछ ।
 

 Published Date: Friday, 23rd July 2021 7:48:00 pm