Kathmandu Press

राष्ट्रियसभाको बैठक किसानका मुद्दा र कोरोना खोपमा केन्द्रित

काठमाडौं, साउन ८ : राष्ट्रियसभाका सदस्यहरूले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड-१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक...
राष्ट्रियसभाको बैठक किसानका मुद्दा र कोरोना खोपमा केन्द्रित

काठमाडौं, साउन ८ : राष्ट्रियसभाका सदस्यहरूले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड-१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिएका छन्।

राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले अन्तरराष्ट्रिय सीमालाई व्यवस्थित गर्न, लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न र दल विशेषका कार्यक्रम प्रधानमन्त्री निवासमा नगर्न सल्लाह दिए।

नेपाली कांग्रेसका प्रकाश पन्थले भाषण नभई विकासका आयोजनालाई लक्षित गर्न, मजदूर र किसानलाई लक्षित कार्यक्रम बनाउन, सरकारी निवासमा पार्टीको कार्यक्रम नराख्न, सीमा चुस्त दुरुस्त बनाउन, खोपलाई व्यवस्थित गर्न तथा आर्थिक अनियमितताको छानविन गर्न माग गरे।

Hardik ivf

एमालेका खिमलाल भट्टराईले मुलुकको राजनीतिक परिवर्तनका अग्रणी  बिपी कोइराला र पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै हालसम्म प्राप्त उपलब्धिमाथि अबका दिनमा प्रहार हुने हो कि भन्ने आशङ्का बढेको बताए। 

माओवादी केन्द्रका जगप्रसाद शर्माले परमादेश र जनादेशको बहस मात्र केन्द्रित नहुन सबैमा आग्रह गरे। उनले ओली सरकार आफ्नै कारणले ढलेको स्पष्ट पारे। 

यस्तै एमालेका भगवती न्यौपानेले न्यायालयको फैसलाको सम्मान गरे पनि सो फैसलाप्रति असहमति रहेको उल्लेख गरे। एमालेका रामचन्द्र राईले प्रधानमन्त्री देउवाले विगतका गल्तीबाट पाठ सिक्नुपर्ने बताए। 

एमाले सांसद शेरबहादुर कुँवरले रोजगारका लागि दक्षिण कोरिया जान खोजेका युवा अलपत्र परेकामा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए।

माओवादी केन्द्रका सांसद विना पोखरेलले कोरोना भाइरसविरुद्धको खोपको सुनिश्चितता गर्न सरकारसँग माग गरे। एमाले सांसद दिलकुमारी थापा रावलले सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै सो फैसलाले अराजकता फैलाउने आशङ्का उत्पन्न भएको धारणा राखे।

कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले केपी शर्मा ओली सत्ताबाट आफ्नै कारणले बाहिरिएको बताए। ओलीले आफूले गरेको गल्तीको आत्मआलोचना गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १७:४९ बजे, शुक्रबार, साउन ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्