एक किलो गाँजासहित युवक पक्राउ
उदयपुर, साउन ८ : प्रहरीले उदयपुरको बेलका नगरपालिका-८ बाट एक किलो अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ। सुनसरीकाे बराहाक्षेत्र नगरपालिका-६ चकरघट्टी बस्ने २९ वर्षीय बलराम यादवलाई...
उदयपुर, साउन ८ : प्रहरीले उदयपुरको बेलका नगरपालिका-८ बाट एक किलो अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ।
सुनसरीकाे बराहाक्षेत्र नगरपालिका-६ चकरघट्टी बस्ने २९ वर्षीय बलराम यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हाे।
लागूऔषध गाँजा ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
