करेन्ट लागेर एक युवकको मृत्यु

रौतहट, साउन ८ : रौतहटको चन्द्रपुर नगरपालिका-८ बस्तिपुरस्थित आश्रय क्रसर उद्योगमा मेसिन अप्रेटरको काम गर्ने धनुषा वीरेन्द्रबजार नगरपालिका बस्ने २७ वर्षीय कुल बहादुर राउतको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ।
मेसिन मुनी जमेको पानी मोटरबाट तान्ने क्रममा सर्ट भई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सन्तपुरबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार