Kathmandu Press

लोकगायक सपुत र गायिका दुलाल  ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त

काठमाडौं, साउन ७ : सरकारले  ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ मा चर्चित लोकगायक प्रकाश सपुत र लोकगायिका सुनिता दुलाललाई नियुक्त गरेको छ।नेपाल सरकार...
लोकगायक सपुत र गायिका दुलाल  ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त
Hardik ivfHardik ivf

काठमाडौं, साउन ७ : सरकारले  ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ मा चर्चित लोकगायक प्रकाश सपुत र लोकगायिका सुनिता दुलाललाई नियुक्त गरेको छ।

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी चर्चित लोकगायक सपुत र गायिका दुलाललाई गीत संगीतको माध्यमबाट समुदायमा विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरिएको जनाएको छ ।

गीत संगीतको माध्यमबाट समुदायका विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्न उनीहरूलाई सोसम्बन्धी सद्भावना दूत नियुक्त गरिएको हो ।

प्राधिकरणले यस वर्षको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, बाजुरालगायतका ४८ जिल्ला बाढी, पहिरोबाट बढी प्रभावित रहेको उल्लेख गर्दै त्यसको क्षतिको मूल्यांकन गर्ने काम भइरहेको पनि जनाएको छ। 

प्रकाशित मिति: १९:५७ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्