Kathmandu Press

लामो समयदेखि लिलाम नहुँदा सवारी साधन कबाड बन्दै

सिरहा, साउन ७ : लामो समयदेखि लिलाम नहुँदा सिरहाको ठाडी भन्सार कार्यालयमा राखिएका करोडौँ मूल्य बराबरका सवारी साधन कबाड बन्दै गएका छन्। लामो र...
लामो समयदेखि लिलाम नहुँदा सवारी साधन कबाड बन्दै

सिरहा, साउन ७ : लामो समयदेखि लिलाम नहुँदा सिरहाको ठाडी भन्सार कार्यालयमा राखिएका करोडौँ मूल्य बराबरका सवारी साधन कबाड बन्दै गएका छन्। लामो र झन्झटिलो प्रक्रिया भएका कारण विगत तीन वर्षदेखि भन्सार कार्यालयले लिलाम गर्न नसक्दा १२० मोटरसाइकल र पाँच जिप कार कबाड बन्दै गएको हुन्।

भन्सार कार्यालय परिसरमा थन्किएका कतिपय मोटरसाइकलका पाटपुर्जामा खिया लागेर लिलाम नै नहुने अवस्था भएको छ। ‘एकातिर समयमा लिलाम नहुँदा सवारी साधन कबाड बनिरहेका छन्, अर्कोतिर सवारी साधन थन्क्याउने ठाउँसमेत अभाव छ,’ भन्सार प्रमुख नरेश साहले भने, ‘हामीले पटक–पटक लिलामी प्रक्रिया थाले पनि प्रक्रिया लामो र झन्झटिलो भएका कारण अझै लिलाम गर्न सकेका छैनौँ ।’

Hardik ivf

पत्राचार गरिएका अटोमोबाइल्स कम्पनीले विभिन्न बहाना बनाएर सवारी साधनको उत्पादन मिति नखुलाइ दिएकाले लिलामी प्रक्रिया नै रोकिएको उनको गुनासो छ। लहानस्थित मनकामना अटोमोबाइल्सका सञ्चालक शङ्कर चौधरीले आफूहरुसँग गाडीको उत्पादन मिति पत्ता लगाउने सफ्टवेयर नरहेकाले उत्पादन मिति खुलाउन नसकिएको बताए। यसका लागि सवारी उत्पादन गर्ने कम्पनीलाई नै पत्राचार गर्नुपर्ने उनको भनाइ छ।

स्थापनाकालदेखि नै जनशक्तिको अभाव झेल्दै आएको ठाडी भन्सारलाई लामो समयदेखि लिलाम नहुँदा सवारी थन्क्याउने ठाउँको समेत अभाव छ। ठाउँ नपाएर खुलारूपमै सवारी राख्दा वर्षायाममा सवारी साधनका पाटपुर्जामा खिया लागेर कबाड बन्दै गएको उनको भनाइ छ।

छोटी भन्सारबाट स्तरोन्नति भएर भन्सार कार्यालय स्थापना भए पनि दरबन्दीअनुसार कर्मचारी नहँुदा ठूलो समस्या झेल्दै आएको कार्यालय प्रमुख साहले बताए। कार्यालयमा कार्यालय प्रमुखसहित २० जनाको दरबन्दी भए पनि हाल कार्यालयमा प्रमुखसहित सात मात्र कर्मचारी कार्यरत छन्। दरबन्दीअनुसार कर्मचारी नहुँदा सवारी साधनको लिलामी प्रक्रियादेखि भन्सार राजश्व असुलीसम्म समस्या भइरहेको प्रमुख साहको भनाइ छ। 

कर्मचारी अभावका बाबजुद पनि ठाडी भन्सार कार्यालयले आव २०७७÷७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ। सो कार्यालयले आव २०७७÷७८ मा लक्ष्यभन्दा रु दुई करोड ८९ लाख ९२ हजार बढी राजश्व सङ्कलन गरेको हो। रु छ करोड ५६ लाख २० हजार सङ्कलनको लक्ष्य रहेकामा रु नौ करोड ४६ लाख १२ हजार राजश्व सङ्कलन भएको कार्यालय प्रमुख साहले जानकारी दिए।  
 

प्रकाशित मिति: १६:१३ बजे, बिहीबार, साउन ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्