Kathmandu Press

नगर प्रमुख पत्नी काफ्लेले पलाञ्चोक भगवतीका नाममा गरिन् २१ लाख सहयोग

काभ्रेपलाञ्चोक, साउन ७ : पाँचखाल नगरप्रमुख खरेलको धर्मपत्नी नम्रता काफ्लेले पलाञ्चोक भगवती मन्दिर परिसरको पार्किङ जग्गा खरिदका लागि २१ लाख सहयोगकाभ्रेको पाँचखाल नगरपालिका...
नगर प्रमुख पत्नी काफ्लेले पलाञ्चोक भगवतीका नाममा गरिन् २१ लाख सहयोग

काभ्रेपलाञ्चोक, साउन ७ : पाँचखाल नगरप्रमुख खरेलको धर्मपत्नी नम्रता काफ्लेले पलाञ्चोक भगवती मन्दिर परिसरको पार्किङ जग्गा खरिदका लागि २१ लाख सहयोग

काभ्रेको पाँचखाल नगरपालिका निवासी नम्रता काफ्लेले पलाञ्चोक भगवती मन्दिरका नाममा २१ लाख रुपैयाँ सहयोग गरेकी छन्।

पाँचखाल नगर प्रमुख महेश खरेलकी पत्नी रहेकी उनले मन्दिर परिसरमा रहेको व्यक्तिगत जग्गा पार्किङका लागि खरिद गर्ने उद्देश्य पूर्तिका लागि सघाउन सो रकम सहयोग गरेकी हुन्।

काफ्लेले व्यक्तिगत ३ लाख र आफ्नो व्यापारिक समूहबाट १८ लाख रुपैयाँ सहयोग गरेकी हुन्। आफ्नो जन्म दिनको अवसरमा काफ्लेले नगर प्रमुख खरेलको उपस्थितिमा हरिशयनी एकादशीको दिन पलाञ्चोक मन्दिर परिसरमा पाँचखाल–९ का अध्यक्ष किरण श्रेष्ठलाई २१ लाख रुपैयाँ हस्तान्तरण गरिन्। 

पलाञ्चोक भगवती मन्दिर परिसरमा व्यक्तीका नाममा रहेका ८१ आना जग्गामध्ये पाँचखाल नगरपालिकाले नौ आनासहित ३० आना जग्गा खरिद भइसकेको नगरप्रमुख खरेलले जानकारी दिए।

बाँकी रहेको ५१ आना जग्गा पनि बैना भइसकेको खरेलको भनाइ छ । हालसम्म व्यक्तिगत रुपमा काफ्ले र उनको समूहले सबैभन्दा बढी २१ लाख, दिलबहादुर श्रेष्ठले ३ लाख, रामहरि श्रेष्ठले ३ लाख ३५ हजार, रामबहादुर श्रेष्ठले ३ लाख ५१ हजार, श्यामलाल श्रेष्ठले ३ लाख ३ हजार, दीपककुमार खड्काले ३ लाख रकम सहयोग गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। 

पलाञ्चोक मन्दिर परिसरमा रहेको जग्गा खरिदको लागि नगर प्रमुख खरेलको अगुवाइ र वडाध्यक्ष श्रेष्ठको समन्वयमा आना क्लब सुरु गरिएको छ । एक आनाको तीन लाख रूपैयाँ तोकिएको आना क्लबमा आम सर्वसाधारणले सहयोग गर्न सक्नेछन्।

सहयोग गर्न चाहनेले कृषि विकास बैंक पाँचखाल खाता नम्बर ०२१२७०१८०८०६६०१५ र नेपाल बैंक खाता नम्बर १२४००१०६९८६६०५०००००१ मा सहयोग गर्न सकिने नगर प्रमुख खरेलले जानकारी दिए।

प्रकाशित मिति: १६:११ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्