Kathmandu Press

जसपा आधिकारिकता विवादमाथि आयोगमा सुनुवाइ जारी

काठमाडौं, साउन ७ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुई पक्षबीच लामो समयदेखि विवाद छ। पार्टीभित्रैबाट विवादले निकास...
जसपा आधिकारिकता विवादमाथि आयोगमा सुनुवाइ जारी

काठमाडौं, साउन ७ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुई पक्षबीच लामो समयदेखि विवाद छ। 

पार्टीभित्रैबाट विवादले निकास नपाउने अवस्था सिर्जना भएपछि दुवै पक्षले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई गुहारेका थिए। सोही मुद्दा छिनाफानो गर्न आयोगले इजलास गठन गरेको हो।

Hardik ivf

आधिकारितासम्बन्धी त्यही विवादमाथि आज (बिहीबार) आयोगमा सुनुवाइ भइरहेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा गठित इजलासमा सुनुवाइ भइरहेको हो।

इजलासमा आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा सदस्य छन्। जसपा दुवै पक्षका नेताहरु आयोग पुगेका छन्।

यसअघि सोही मुद्दामा आइतबार बहस भएको थियो। उक्त दिन आयोगले दुवै पक्षलाई आधिकारिक कागजात बुझाउन आदेश दिएको थियो। दुवै पक्षले आआफ्ना प्रमाणसहितका कागजात आयाेगमा पेस गरिसकको बताइएको छ।

दुवै पक्षका प्रमाण अध्ययन र त्यसमाथि हुने बहसपछि आयोगले आजै आधाकारिकता टुंगो लगाउने सम्भावना छ।

प्रकाशित मिति: १२:३० बजे, बिहीबार, साउन ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्