Kathmandu Press

चन्द्रा सुवेदीको ‘स्यानी माया’लाई चार दिनमै आठ लाख भ्यूज

काठमाडौं, साउन ७ : मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’को म्युजिक भिडियोले युट्युबमा सार्वजनिक भएको चार दिन नबित्दै आठ लाख बढी ‘भ्यूज’...
चन्द्रा सुवेदीको ‘स्यानी माया’लाई चार दिनमै आठ लाख भ्यूज

काठमाडौं, साउन ७ : मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’को म्युजिक भिडियोले युट्युबमा सार्वजनिक भएको चार दिन नबित्दै आठ लाख बढी ‘भ्यूज’ बटुलेको छ।

‘वसन्त थापा’ युट्युब च्यानलबाट गत सोमबार साँझ सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म आठ लाखभन्दा बढी पटक हेरिएको छ। गीतलाई ३६ हजारले ‘लाइक’ र चार हजार ५०० बढीले टिप्पणी गरेका छन्। गीतमा वसन्त थापा, उमेश अधिकारी, सुनिता बुढा क्षेत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको स्वर छ। शब्द र लय गायिका सुवेदीले दिएकी छन्।

Hardik ivf

केटा पक्षको शब्द भने गायक थापाले लेखेका हुन् । गीतको भिडियोमा गायक थापासहित दुर्गेश थापा, ओवी रायमाझी, दिपाशा विसी, बीना विश्वकर्मा र युनिशा खत्रीको अभिनय छ। सङ्गीत संयोजन सङ्गीतकार आशिष अविरलले गरेका छन्। ‘अभ्यास डिजिटल’ले गीत बजारमा ल्याएको हो।

मौलिक गायन, ठेट लय र शब्दका कारण गीतलाई छोटो समयमै स्रोता÷दर्शकले रुचाएका हुन्। गायक थापाले गीतबाट राम्रो प्रतिक्रिया पाएको बताए। सर्जक÷गायिका सुवेदीले यसअघि सोही भाकामा टिकटक र युट्युब माध्यममा गीत गाउँदै आएका थिए।

गायक थापाकै पहलमा सुवेदीलाई स्टुडियोसम्म ल्याएर गीत रेकर्ड गराइएको हो। तीज पर्वको अवसर पारेर उक्त रत्यौली भाकाको गीतलाई स्रोता÷दर्शकमाझ ल्याइएको गायक थापाले बताए। गीतमा आमा, छोरा र बुहारीको संवाद छ । आमाप्रति सन्ततिको श्रद्धा र सन्ततिप्रति आमाको प्रेममय आर्शीवचनलाई गीतमा लयबद्ध गरिएको छ।

अश्लिलता मिश्रित रत्यौलीको परम्परा तोडेर यस गीतले लोक जीवनको शब्द, लय र सङ्गीतलाई मुखरित गरेको छ। ‘गीतको सन्देश फरक भए पनि भाका भने रत्यौली नै हो,’ गायक थापाले भने। सुर्खेतमा जन्मिएकी सुवेदीले सङ्कलन गरेको यस भाकामा उनी आफैँले पहिलोपटक स्टुडियोसम्म पुगेर स्वर दिएकी हुन्।

 

प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, साउन ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्