सूनको मूल्यामा प्रतितोला ७०० रुपैयाँ गिरावट

काठमाडौं, साउन ६:  नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ।

आज सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।  हिजो (मंगलबार) प्रतितोला ९३  हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै चाँदीको मूल्यमा पनि प्रतितोलामा २० रुपैयाँले गिरावट आएको छ। आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँले कारोबार भइरहेको छ। हिजो प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो। 

 Published Date: Wednesday, 21st July 2021 12:16:00 pm