नेप्सेमा सामान्य सुधार
कुल ३२० स्टकको ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेर कारोबार भएको छ ।
काठमाडौं, साउन २१ : बुधबार नेप्सेमा सामान्य सुधार भएको छ।
मंगलबार ४१ अंकले घटेको नेप्से बुधबार २.३५ अंकले बढेको छ। योसँगै नेप्से २८३६.३५ बिन्दुमा पुगेर रोकिएको छ।
कुल ३२० स्टकको ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेर कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ०.३१ अंकले घटेको छ। फ्लोट इण्डेक्स ०.११ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०४ अंकले घटेको छ।
समाज वीन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड, माहुली लघुवित्त र ट्रेड टावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य २१५.१३ रुपैयाँले बढेर प्रतिकित्ता २३६७.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस्तै, माहुली लघुवित्तको शेयरमूल्य १४८.६४ रुपैयाँले बढेर प्रतिकित्ता १६३५.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, ट्रेड टावरको शेयर मूल्य पनि प्रतिकित्ता ९५.६३ रुपैयाँले बढेर १०५२.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
थ्रीस्टार लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ३३.३३ रुपैयाँले घटेर ८४७.७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
रिलायबल सम्वृद्धि योजनको शेयर मूल्य प्रतिकित्ता ०.२६ रुपैयाँले घटेर ९.२४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। समता लघुवित्तको शेयर मूल्य पनि प्रतिकित्ता २९.३७ रुपैयाँले घटेर १०४८.५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
बुधबार हिमालयन रिइन्स्योरेन्स लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर, सिवम् सिमेन्ट र नाग्दी ग्रुप, बलेफि हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।











