Kathmandu Press

महामारीका बीच भक्तपुरमा ४ अर्ब ४५ करोड राजस्व असुली

भक्तपुर, साउन ५ : कोभिड–१९ महामारीबीच आन्तरिक राजस्व कार्यालय भक्तपुरले अपनाएको प्रभावकारी कार्यशैलीका कारण लक्ष्यभन्दा धेरै राजस्व असुली गरेको छ । कार्यालयले यो वर्ष...
महामारीका बीच भक्तपुरमा ४ अर्ब ४५ करोड राजस्व असुली
Hardik ivfHardik ivf

भक्तपुर, साउन ५ : कोभिड–१९ महामारीबीच आन्तरिक राजस्व कार्यालय भक्तपुरले अपनाएको प्रभावकारी कार्यशैलीका कारण लक्ष्यभन्दा धेरै राजस्व असुली गरेको छ । कार्यालयले यो वर्ष लक्ष्यभन्दा ६.७ प्रतिशत धेरै राजस्व असुली गरेको हो ।

कार्यालयले आर्थिक वर्ष ०७७–७८ मा ४ अर्ब ४५ करोड ८२ लाख ७६ हजार रुपैयाँ कर रकम असुली गरेको छ । जब कि, त्यस वर्ष ४ अर्ब १७ करोड ८२ लाख रुपैयाँ कर असुली हुने लक्ष्य निर्धारण गरिएको थियो । यो वर्ष लक्ष्यभन्दा ६.७ प्रतिशत धेरै राजस्व असुली भएको कार्यालयका प्रमुख कर अधिकृत गगनबहादुर वि.के.ले जानकारी दिए ।

उनका अनुसार यो वर्ष अघिल्लो वर्षको भन्दा एक अर्ब सात करोड बढी राजस्व संकलन भएको छ । राजस्वको शीर्षकगत रूपमा यसवर्ष प्राइभेट लिमिटेड कम्पनीहरूबाट ३७ करोड ७४ लाख ३७ हजार रुपैयाँ संकलन भएको छ । यो गत वर्षको तुलनामा ९४ प्रतिशतले बढी हो । कुल संस्थागत आयकरतर्फ ८४ प्रतिशत वृद्धि भएको छ ।

कुल व्यक्तिगत आयकरतर्फ पनि ४५ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ । यस्तै, पुँजीगत लाभकर शीर्षकबाट पनि ८० प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ । मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ४५ करोड ९७ लाख राजस्व संकलन भएको छ । यो रकम गत वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । त्यसैगरी अन्तःशुल्क पनि १२ प्रतिशतले बढेको छ।

कर असुलीमा अपनाइएको नीतिका कारण महामारीबीच लक्ष्य हासिल भएको प्रमुख कर अधिकृत वि.के.ले बताए । ‘हामीले नियमित रूपमा व्यवसायबाट आउनुपर्ने करको रकम असुलीमा कडाइ गरेका थियौँ । यस्तै, करदाताहरूसँग रहेको बक्यौता कर रकम असुलीका लागि पनि कडाइ ग¥यौँ, जसले गर्दा लक्ष्य हासिल गर्न सहज भएको हो,’ उनले भने । हाल काठमाडौँ उपत्यकामा थुप्रै आन्तरिक राजस्व कार्यालयहरू छन् । तर, अर्थ मन्त्रालयको गणनामा भक्तपुर सानो कार्यालयको रूपमा गणना गरिन्छ ।
 

प्रकाशित मिति: ११:१५ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्