Kathmandu Press

प्रधानमन्त्री देउवाले पाए सुविधाजनक बहुमतसहित विश्वासको मत : पक्षमा १६५, विपक्षमा ८३

प्रधानमन्त्री शेरबहादुर देउवाले सुविधाजनक बहुमतसहित प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्।
प्रधानमन्त्री देउवाले पाए सुविधाजनक बहुमतसहित विश्वासको मत : पक्षमा १६५, विपक्षमा ८३
Hardik ivfHardik ivf

काठमाडौं, साउन ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले सुविधाजनक बहुमतसहित प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्।

प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतमाथि आइतबार राति प्रतिनिधिसभामा भएको मत विभाजनमा उनले सुविधाजनक बहुमत हासिल गरेका हुन् ।

प्रस्तावको पक्षमा १६५ र विपक्षमा ८३ मत खसेको थियो । यस्तै, एकजना सांसद तटस्थ बसेका थिए ।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, जसपाका ३२, जनमोर्चाका एक, स्वतन्त्र एक तथा एमालेका माधवकुमार नेपाल र केपी ओली समूहका २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका हुन् ।

एमालेको ओली समूहका ८३ सांसदले मात्र प्रस्तावको विपक्षमा मतदान गरे । विश्वासको मतमाथि भएको छलफलमा भाग लिन नआएका निवर्तमान प्रधानमन्त्री केपी ओली मतदानमा भने सहभागी हुन आएका थिए ।
 

प्रकाशित मिति: २२:१२ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्