Kathmandu Press

हास्य कलाकार पल्पसा डंगोलको उपचारका लागि सहयोगको अपिल

हास्य कलाकार पल्पसा डंगोलको उपचारका लागि सहयोगको अपिल

काठमाडौं, साउन ३ : दुवै मृगौलाले काम नगर्ने भएर टिचिङ अस्पतालमा उपचार गराइरहेकी चर्चित हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी) ले उपचारका लागि सहयोग अपिल गरेकी छन् ।   

विगत केही दिन देखि अस्पतालमा उपचार गराइरहेकी उनले सबैलाई सहयोगको अपिल गरेकी हुन्। उनलाई अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले अस्पतालमा भेट्न गएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

Hardik ivf

उक्त फोटो राख्दै कलाकार तथा उनका प्रशंसकले उनको स्वास्थ्यको कामना गर्दै आफुहरु साथमा रहेको प्रतिक्रिया दिएका छन्। उनी विगत ५ वर्षदेखि मृगौला रोगको बिरामी थिइन्। 

पछिल्लो समय मृगौलाको डायलसिस गर्ने क्रममा रगत झिक्न नसकिएपछि उनलाई इमर्जेन्सी वार्डमा भर्ना गरिएको हो। उनका दुबै मृगौला प्रत्यारोपणका लागि ५० लाखको हाराहारी खर्च लाग्ने भएपछि कलाकारहरु खर्च जुटाउनमा लागेका छन्।

प्रकाशित मिति: १६:०१ बजे, आइतबार, साउन ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्