Kathmandu Press

मधेशमा तत्काल पाँच सय डिपबोरिङ जडान गर्ने प्रधानमन्त्रीको घोषणा

उटा डिपबोरिङले कम्तिमा ६० विघा जग्गा सिंचित गर्न सकिने भन्दै उनले तत्काल पाँच सय जडान गरिने आश्वासन दिएका छन्। 
मधेशमा तत्काल पाँच सय डिपबोरिङ जडान गर्ने प्रधानमन्त्रीको घोषणा

महोत्तरी, साउन ९ : प्रधानमन्त्री केपी ओलीले मधेशमा तत्काल पाँच सय डिपबोरिङ जडान गर्ने घोषणा गरेका छन्। 

ओलीले चुरेमा पानीको रिजभ्र्वायर बनाउने आश्वासन समेत दिएका छन्। महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित प्रसुति गृह तथा वडा नं. ७ स्थित विग्ही नदीमा निर्माण भएको पुल उद्घाटन गर्न आइपुगेका प्रधानमन्त्री ओलीले उक्त घोषणा गरेका हुन्।

तत्कालीन र दीर्घकालिन योजनाहरुका माध्यमले समस्या समाधान गर्न सरकार अगाडी बढ्ने उनको भनाई छ। एउटा डिपबोरिङले कम्तिमा ६० विघा जग्गा सिंचित गर्न सकिने भन्दै उनले तत्काल पाँच सय जडान गरिने आश्वासन दिएका छन्। 

मधेशमा सुख्खाकै कारण मधेश प्रदेशको अवस्था दयनीय रहेको उनको भनाई थियो । साथै उनले तत्काल सरकारका सबै अंग तथा निकायलाई मधेशको अवस्थामा सुधार ल्याउनका लागि विशेष कार्यहरु गर्न समेत निर्देशन दिएका छन्। 

ओलीले गैरसरकारी संघसंस्थाहरुलाई समेत क्षमताअनुसारको सहयोग गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले अब संकटग्रस्त घोषणाले मात्र जनताको पिडा सम्बोधन नहुने बताउँदै छोटो अवधि र लामो अवधीका कार्यक्रमहरुमार्फत पिडा सम्बोधन गरिने पनि बताए।

प्रधानमन्त्री ओलीले मटिहानीस्थित लक्ष्मीनारायण मठ, पिरबाबा र मटिहानीस्थित देशकै जेठो गुरुकुल मानिएको राजकीय संस्कृत माविको अवलोकन समेत गरेका थिए। 

शुक्रबारै उनले बल्वा नगरपालिका–११ रौजा र लोहारपट्टी नगरपालिका जोड्ने रातु नदीमा निर्माण भएको पुलको समेत उद्घाटन गरेका छन्।


 

प्रकाशित मिति: २०:३३ बजे, शुक्रबार, साउन ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्