सुर्खेतमा घाँस काट्ने मेसिनमा करेन्ट लागेर दम्पतीको मृत्यु
शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित आफ्नै घरमा विद्युतीय मेसिनबाट घाँस काटिरहेको अवस्थामा करेन्ट लागेर ५५ वर्षीय धनिराम आचार्य र ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको मृत्यु भएको हो।-1753443128.jpg)
सुर्खेत, साउन ९ : सुर्खेतमा घाँस काट्नले मेसिनबाट करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ।
शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित आफ्नै घरमा विद्युतीय मेसिनबाट घाँस काटिरहेको अवस्थामा करेन्ट लागेर ५५ वर्षीय धनिराम आचार्य र ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको मृत्यु भएको हो।
मेसिनको तार सर्ट भएर करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। त्यहाँ उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो।
प्रकाशित मिति: १७:१७ बजे, शुक्रबार, साउन ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












