Kathmandu Press

कोटेश्वरमा एमालेको माधव पक्ष छलफलमा

काठमाडौं, साउन ३ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसद्मा विश्वासको मत लिने...
कोटेश्वरमा एमालेको माधव पक्ष छलफलमा

काठमाडौं, साउन ३ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसद्मा विश्वासको मत लिने भएपछि नेता नेपाल निवास कोटेश्वरमा नेताहरु छलफलमा जुटेका हुन् ।  

नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू नेता नेपालसँग छलफलमा छन् । १० बुँदे सहमति कार्यान्वयन गराउने विषयमा छलफल गरिने बताइएको छ । 

Hardik ivf

यसअघि हिजो साँझ दुबै पक्षका नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए।

भेटमा नेपाल निकट नेताहरूले आज बस्ने स्थायी कमिटी बैठक सार्न प्रस्ताव गरेका थिए। तर ओलीले मानेका थिएनन्।

कार्यदलमा रहेका नेपाल निकट नेताहरूले प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेको विषयमा समेत छलफल गर्ने बताइएको छ।

कार्यदलमा रहेका ओली निकट नेताहरूले देउवालाई विश्वासको मत दिन नहुने पक्षमा छन्। छन्।

प्रकाशित मिति: ११:१३ बजे, आइतबार, साउन ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्