Kathmandu Press

नेपाली सेनाको सांगठनिक पुनःसंरचना कार्यान्वयन 

काठमाडौं, साउन १ : नेपाली सेनाको सांगठनिक पुनःसंरचना आज (शुक्रबार) बाट कार्यान्वयनमा आएको छ। गत असार २४ गतेको मन्त्रीपरिषद्‍ बैठकको निर्णयबाट ‘नेपाली सेनाको सांगठनिक...
नेपाली सेनाको सांगठनिक पुनःसंरचना कार्यान्वयन 

काठमाडौं, साउन १ : नेपाली सेनाको सांगठनिक पुनःसंरचना आज (शुक्रबार) बाट कार्यान्वयनमा आएको छ। 

गत असार २४ गतेको मन्त्रीपरिषद्‍ बैठकको निर्णयबाट ‘नेपाली सेनाको सांगठनिक पुनःसंरचना-२०७७/७८’ स्वीकृत भएबमोजिम आजबाट कार्यान्वयनमा आएको हो।

Hardik ivf

यसअघि सरकारले नेपाली सेनाको ३ जोड १ कमान्ड संरचनालाई स्वीकृति दिएको थियो।

सोही अवसरमा आज जंगी अड्‍डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा हेडक्वाटरका कमान्ड सेनापतिहरुलाई ‘कमान्ड झन्डा’ हस्तान्तरण गरे।

उनले कमाण्ड सेनापतिहरुलाई सफल कार्यकालको शुभकामनासमेत दिए। सोही कार्यक्रममा प्रधानसेनापति थापाले विशेष स्वरुपमा तयार गरिएको ‘प्रधानसेनापति छडी’ समेत ग्रहण गरेका थिए।

कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्मालगायत जंगी अड्‍डा स्थित विभिन्न कार्यालयका रथी तथा अधिकृतहरुको उपस्थिति थियो।

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, साउन १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्