Kathmandu Press

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार–२०७७’ बाट सम्मानित

काठमाडौं, असार २६ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार-२०७७’ बाट सम्मानित भएका छन्।नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई सो...
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार–२०७७’ बाट सम्मानित

काठमाडौं, असार २६ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार-२०७७’ बाट सम्मानित भएका छन्।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई सो पुरस्कारले सम्मानित गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री केपी ओलीले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्।

Hardik ivf

उक्त पुरस्कारसँगै उनलाई नगद १ लाख रुपैयाँ पनि प्रदान गरिएको छ। नेपाली संगीत तथा नाट्य क्षेत्रमा अनवरत रूपमा क्रियाशलि रही अतुलनीय योगदान दिएबापत उनलाई सो पुरस्कार प्रदान गरिएको बताइएको छ।

मह जोडीको ‘ह’ अर्थात् वरिष्ठ कलाकार हरिवंश आचार्यले फेसबुकमार्फत श्रेष्ठलाई बधाई दिँदै लेखेका छन्, ‘नेपाल सरकारको तर्फबाट सम्मानिक हुनुभएकोमा मदन दाइलाई हार्दिक बधाई।’

अर्का चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले पनि उनलाई फेबुकमार्फत नै बधाइ दिएका छन्। उनले लेखेका छन्, ‘नेपाल सरकारको तर्फबाट नगद एक लाख सहित सम्मानित हुनुभएकोमा आदरणीय मदनकृष्ण श्रेष्ठज्युलाई हार्दिक बधाई छ। नेपाल सरकारलाई हार्दिक धन्यबाद छ ।’

अन्य विभिन्न कलाकारहरूले पनि उनलाई बधाई दिइरहेका छन्। पाँच दशकदेखि अभिनय तथा गायन विधामा सक्रिय रहेका कलाकार श्रेष्ठ पछिल्लो समय ‘फुलबुट्टे सारी’ को लेजेन्ड्री भर्जन गाएर निकै चर्चामा आएका थिए।

नेपाली हास्य अभिनय जगतका अभिभावक मानिएका मह जोडीको ‘म’ का रूपमा रहेका मदनकृष्ण श्रेष्ठले केही वर्षअघि ‘महको म’ नामक संस्मरणात्मक कृति लेखेर आफूलाई प्ूतकाकार कृतिका लेखकका रूपमा पनि आफ्नो परिचय बनाएका थिए।  

प्रकाशित मिति: १३:१२ बजे, शनिबार, असार २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्