Kathmandu Press

‘आदर्श दिव्य दृष्टि’ दशैँ काव्य शृङ्खला– तीन सम्पन्न

साहित्य मन थाइल्याण्डद्वारा आयोजित यस कार्यक्रमले नेपाली समुदायबीच आपसी आत्मीयता सांस्कृतिक चेतनालाई अझ मजबुत बनाएको छ।
‘आदर्श दिव्य दृष्टि’ दशैँ काव्य शृङ्खला– तीन सम्पन्न

बैंकक, असोज ८ : साहित्य मन थाइल्याण्डले आयोजना गरेको ‘आदर्श दिव्य दृष्टि’ शृङ्खला–तीन अन्तर्गत विशेष रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। 

यस अवसरमा प्रमुख अतिथि युवराज नयाँघरेले मन्तव्य दिँदै प्रवासी भूमिबाट साहित्य, कला र संस्कृतिको संरक्षणमा नेपाली समुदायले पु¥याएको योगदान प्रशंसनीय रहेको उल्लेख गरे।

Hardik ivf

विशिष्ट अतिथि प्रा.डा. वीणा पौडेलले दशैँको सांस्कृतिक महत्व र यसले नेपाली समाजलाई जोड्ने भूमिकाबारे विशेष मन्तव्य प्रस्तुत गरिन्। 

नेपालबाट जोडिनुभएका साहित्यकार स्नेही शिवले मन्तव्यसहित प्रसिद्ध गीत ‘नेपाली हामी रहौँला कहाँ’ गाएका थिए। उनले आफ्नो चर्चित कविता ‘नयाँ सत्ता’ पनि वाचन गरे। 

थाइल्याण्डमा बसोबास गर्ने युवासाहित्यकारहरूले पनि आफ्ना सिर्जनात्मक रचनाहरू प्रस्तुत गरे। विजय बमरेलले ‘पर्दा पछाडिको दशैँ’ कविता र ‘एकछिनको सुख पाउनका लागि‘’ गजल वाचन गर्नुभयो । भीमलाल खनालले ‘आयो दशैँ’ कविता सुनाए भने विना ढकालले ‘दशैँ’ र ‘घर फर्क’ शीर्षकका कविताहरू प्रस्तुत गरे।

त्यस्तै, दीपा रानाले ‘दशैँ’ र ‘द्रौपदी’ कविताहरू वाचन गर्दै साहित्यमा महिला दृष्टिकोणको महत्वलाई उजागर गरिन्। उनले समापन मन्तव्य दिँदै प्रवासी भूमिमा साहित्यिक कार्यक्रमले नेपाली भाषा, साहित्य र संस्कृतिको निरन्तरता सुनिश्चित गर्नेमा जोड दिइन्।

साहित्य मन थाइल्याण्डद्वारा आयोजित यस कार्यक्रमले नेपाली समुदायबीच आपसी आत्मीयता सांस्कृतिक चेतनालाई अझ मजबुत बनाएको छ। प्रवासी युवाको सक्रिय सहभागिता यसपटकको विशेष आकर्षण रह्यो। 
 

प्रकाशित मिति: १४:३३ बजे, बुधबार, असोज ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्