Kathmandu Press

बलिउड अभिनेता दिलीप कुमारको निधन

काठमाडौं, असार २३ : बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो।भारतीय सञ्चारमाध्यमका अनुसार दिलीप...
बलिउड अभिनेता दिलीप कुमारको निधन

काठमाडौं, असार २३ : बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार दिलीप कुमारको बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको हो । 

Hardik ivf

बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम पाएका दीलिपकुमारले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए। यो अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। उनको वास्तविक नाम युसुफ खान हो। 

उनका यादगार फिल्महरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायत रहे । उनको अन्तिम फिल्म किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो।

दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् । मिडिया रिपोर्टका अनुसार सबैभन्दा धेरै अवार्ड जित्ने कलाकारको रुपमा दिलीप कुमार सबैभन्दा अगाडि छन् ।

उनी १९९१ मा पद्म भूषण र २०१५ मा पद्म विभूषणबाट सम्मानित भएका थिए । १९९४ मा दादा साहेब फाल्के अवार्ड पाएका थिए । २००० देखि २००६ सम्म उनी राज्यसभा सदस्य पनि बनेका थिए ।

भारतमा मात्र होइन उनले पाकिस्तानको सबैभन्दा उच्च नागरिक सम्मान निशान-ए-इम्तियाजबाट पनि सम्मानित भएका थिए। 

प्रकाशित मिति: १०:२५ बजे, बुधबार, असार २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्