Kathmandu Press

खेतमा भलपानी लगाइदिएको निहुँमा झडप हुँदा १५ जना घाइते

रौतहट, असार १२ : रौतहटको मौलापुर-१ मर्यादपुरमा खेतमा भलपानी लगाइदिएको निहुँमा विषयलाई लिएर दुई समूहबीच आज (शनिबार) बिहान झडप हुँदा १५ जना घाइते भएका...
खेतमा भलपानी लगाइदिएको निहुँमा झडप हुँदा १५ जना घाइते
Hardik ivfHardik ivf

रौतहट, असार १२ : रौतहटको मौलापुर-१ मर्यादपुरमा खेतमा भलपानी लगाइदिएको निहुँमा विषयलाई लिएर दुई समूहबीच आज (शनिबार) बिहान झडप हुँदा १५ जना घाइते भएका छन्।

स्थानीय भवाल साह सोनारले छिमेकी हृदय नारायण यादवको खेतमा भलपानी लगाइदिएपछि सुरु भएको  विवाद झडपको स्थितिमा पुगेको हो।

जिल्ला प्रहरी कार्यलय रौतहतका अनुसार घाइते हुनेमा साह पक्षका आठ र यादव पक्षका सातजना छन्। प्राथमिक उपचारपछि घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

झडपकै कारण मर्यादापुर तनावग्रस्त बने पनि त्यसलाई नियन्त्रणमा लिन ५५ जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।

प्रकाशित मिति: १५:१० बजे, शनिबार, असार १२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्