आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग
काठमाडौं, असार ४ : नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ। उद्योग, वाणिज्य तथा...काठमाडौं, असार ४ : नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष दिनेश भट्टराईले आज प्रभावित क्षेत्रका बासिन्दालाई २५० थान ग्यास सिलिण्डर, ३० ग्यास चुल्हो र खाद्यान्न हस्तान्तरण गरे।
जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा उक्त सामग्री प्रभावितलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। अविरल वर्षासँगै आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रका सयौँ घरमा क्षति पु¥याएको छ ।
बाढीबाट सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका छन् । निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समस्यामा परेका नेपाली नागरिकलाई सहयोग गर्दै आएको छ।
प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलाङ्चुङगोला पुग्न सहजबिहीबार, वैशाख १३, २०८१
साउनयता खाेटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्युबिहीबार, वैशाख १३, २०८१
इलाम २ उपनिर्वाचन : १४९ मतदान केन्द्रमा खटिने अधिकृत र सहायक अधिकृत ३०७ जनाबिहीबार, वैशाख १३, २०८१
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोगबिहीबार, वैशाख १३, २०८१