Kathmandu Press

राजदूत अधिकारीद्वारा पाकिस्तानको तेस्रो ठूलो औद्योगिक केन्द्रका उद्योगी, व्यवसायीसँग छलफल

पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले त्यहाँका उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन्।
राजदूत अधिकारीद्वारा पाकिस्तानको तेस्रो ठूलो औद्योगिक केन्द्रका उद्योगी, व्यवसायीसँग छलफल

काठमाडौं, असार ४ : पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले त्यहाँका उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन् ।

उनले गुजरनवाला चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका पदाधिकारीहरूसँग संवाद गरेका हुन् । अध्यक्ष उमर असरफ मुगल र कार्यसमिति सदस्यहरूले राजदूत अधिकारीसँग दुई मुलुकको द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यका सम्भावनाहरूबारे छलफल गरेका थिए ।

Hardik ivf

त्यसक्रममा राजदूत अधिकारीले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन नेपालमा आर्थिक अवसरहरूको खोजी गर्न पाकिस्तानका उद्योगी, व्यवसायीलाई आग्रह गरे । र, पर्वतीय पर्यटनको केन्द्र मानिने नेपालका विभिन्न भूभागमा पुगेर नेपाली आतिथ्यताको स्वाद लिन उनले आग्रह गरे ।

कार्यक्रममा चेम्बर अध्यक्ष मुगल र सदस्यहरूले गुजरावालामा व्यावसायिक गतिविधिहरूबारे प्रस्तुती दिएका थिए । चेम्बरको टोलीले नेपाल भ्रमण गरेर व्यापारका अवसरहरू पहिल्याउने आश्वासन उनीहरूले दिएको राजदूत अधिकारीले जानकारी दिए । कार्यक्रममा पाकिस्तानको पञ्जाबस्थित सञ्चारकर्मीहरूको ठूलो संख्यामा उपस्थिति थियो ।

गुजरनवाला पाकिस्तान शासित पञ्जाबको एक मुख्य सहर हो । र, ५० लाख जनसंख्या भएको यो पाकिस्तानको सबैभन्दा बढी आवादी भएको पाँचौँ सहर हो ।

१८ औँ शताब्दीमा स्थापित यो सहरमा सन् १७६३ देखि १७९९ सम्म तत्कालीन मिस्ल राज्यको राजधानी थियो । र, यो शिख साम्राज्यका संस्थापक महाराजा रणजित सिंहको जन्मस्थल पनि हो । अहिले गुजरनवाला फैसलावाद र कराँचीपछि पाकिस्तानको तेस्रो ठूलो औद्योगिक केन्द्र हो । र, पाकिस्तानको कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत हिस्सा यही सहरले ओगटेको छ ।
 

प्रकाशित मिति: १५:०६ बजे, शुक्रबार, असार ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्